बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले लघुवित्तहरुहरुको लाभांश वितरणमा कडाइ गरेको छ । केन्द्रीय बैंकले लघुवित्तहरुलाई जारी गरेको एकीकृत निर्देशनमा जारी गर्दै लाभांश वितरणमा नयाँ व्यवस्था लागु गरेको हो । नयाँ निर्देशन अनुसार अब वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ ।
यसअघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश नगद वा बोनसवितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई कर्जामा लिएको ब्याजको कम्तीमा ५० प्रतिशत ब्याज निक्षेप तथा बचतमा दिन निर्देशन दिएको छ ।केन्द्रीय बैंकले बुधबार एकीकृत निर्देशन संशोधन गरी व्यवस्था गरेको हो । यसअघि यस्तो व्यवस्था थिएन ।
circular-no-5-D