Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नागरिक बचतपत्र बिक्री खुला गर्दै राष्ट्र बैंक, वाणिज्य बैंकमा भन्दा धेरै ब्याज पाइने

२०७९ फाल्गुन ५ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले सरकारको तर्फबाट फागुन १० देखि नागरिक बचतपत्रको बिक्री खुला गर्ने भएको छ । यस बचतपत्रमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ । ‘नागरिक बचतपत्र २०८४ क’ नामको यो बचतपत्रको परिपक्व अवधि ५ वर्षको छ ।

यसमा लगानी गर्ने नेपाली नागरिकले वार्षिक ११.५० प्रतिशत ब्याज पाउने छन् । यो ब्याज वाणिज्य बैंकहरुले मुद्दतीमा दिँदै आएको भन्दा धेरै हो । हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा अधिकतम ११ प्रतिशतसम्म ब्याज दिँदै आएका छन् । बचतपत्रमा दिइने ब्याज ६–६ महिनामा प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ । ब्याज रकम नजिकको पायक पर्ने बैंक तथा वित्तीय संस्थाबाट लिन सकिनेछ ।

यो बचतपत्रमा कम्तीमा १० हजार रुपैयाँ लगानी गर्न सकिन्छ । नेपाली नागरिकले मात्रै खरिद गर्न पाउने यो बचतपत्रको साँवा रकम २०८४ चैत ६ गते मात्रै फिर्ता पाइनेछ । बीचमै रकम चाहिएको अवस्थामा भने यो बचतपत्र बैंकमा धितो राखेर ऋण लिन पाइन्छ । राष्ट्र बैंकको वेबसाइटमा रहेको फारम भर्न सकिन्छ । साथै आफ्नो नजिकको बैंक तथा वित्तीय संस्थामार्फत पनि बचतपत्रमा आवेदन दिन सकिनेछ ।