Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सिभिल र हिमालय बैंकको एकीकृत कारोबार गर्न राष्ट्र बैंकले दियो स्वीकृति

२०७९ फाल्गुन ५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सिभिल बैंक गाभेर हिमालयन बैंकको नाममा कारोबार गर्न स्वीकृति दिएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिशन) गरी ‘हिमालयन बैंक लिमिटेड’ कायम हुने गरी स्वीकृति दिएको हो ।

राष्ट्र बैंकले शुक्रबारबाट ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट सञ्चालन गर्ने भएकाले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ (पाँचौं संशोधन २०७९)’ बमोजिम कारोबार हुने जनाएको छ ।

प्राप्तिपश्चात हिमालयन बैंकको नाममा यही फागुन १२ गतेदेखि एकीकृत कारोबार गर्ने दुबै बैंकले सूचना प्रकाशित गरेर जानकारी गराइसकेका छन् ।