Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ क्षेत्रलाई चारैतर्फबाट आक्रमण भयोः बैंकर्स संघ

२०७९ फाल्गुन ३ गते

बैंकिङ खबर/ नेपाल बैंकर्स संघले एकल बिन्दुमा ब्याजदर कायम गर्न नसकिने बताएको छ । संघले आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष सुनिल केसीले संसारभर ब्याजदर बढिरहेको भन्दै नेपालमा पनि त्यसको प्रभाव परेको बताए । उनले भने, ‘बजारमा एकल बिन्दुमा ब्याजदर कायम हुनु पर्छ माग छ । तर, हामी एकै पटक ब्याजदर घटाउन सक्दैनौं । ब्याजदर स्थिर बनाउनु पर्छ भन्ने हाम्रो पनि सोच हो । हामीले लिएको नीतिले आगामी दिनमा क्रमश ब्याजदर घट्दै जान्छ ।’

बैंक वित्तीय संस्थामा खाता खोलेका ४ करोड खातावालालाई संरक्षण दिन खोज्दा बैंक वित्तीय संस्थाबाट ऋृण लिएका १८ लाख ऋृणीले दबाब सिर्जना गरेको केसीको भनाइ छ ।

‘अहिले नेपालमा मात्रै ब्याजदर बढेको होईन, भारतको केन्द्रीय बैंकले अस्तिमात्रै ०.२५ प्रतिशतले नीतिगत दर बढाएको छ । संसारका अन्य देशमा पनि ब्याजदर बढेको छ केसीले भने नेपालमा पनि अन्तर्राष्ट्रिय क्षेत्रमा भएको घटनाक्रमले ब्याजदर बढेको हो। हामी पनि ब्याजदर घट्नु पर्छ भन्ने चाहन्छौं । तर, अन्तर्राष्ट्रिय परिस्थितिले हाम्रो बजारलाई पनि असर गर्छ’ उनले भने ।

बैंक वित्तीय संस्थाले आफ्नो पुँजी भन्दा कयौं गुणा रकम सर्वसाधारणबाट लिएर कारोबार गरिरहेकाले ऋृणी भन्दा पनि निक्षेपकर्तालाई प्राथमिकतामा राख्नु पर्ने केसीले बताए ।

केसीले पछिल्लो समय अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिएपनि अझै अर्थतन्त्र पुरै लयमा नभएको बताए । कार्यक्रममा नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बैंक बित्तीय संस्था नाफामा संचालन हुन नसके निक्षेपकर्ताकको विश्वास सिर्जना हुन नसक्ने बताए ।