Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अन्तरबैंक ब्याजदर १००% बढीले बढ्यो

२०७९ फाल्गुन २ गते

बैंकिङ खबर/दुई साताको अवधिमा अन्तरबैंक ब्याजदर सतप्रतिशत बढीले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार फागुन १ गते अन्तरबैंक ब्याजदर बढेर ८.५ प्रतिशत पुगेको छ। गत माघ १६ गते अन्तरबैंक ब्याजदर ४.०९ प्रतिशतमात्रै थियो।
अन्तरबैंक ब्याजदर बढ्नुले बैंकिङ प्रणालीमा तरलतामा कमीको संकेत गर्ने राष्ट्र बैंकले जनाएको छ । फागुन १ गतेसम्म बैंकहरु औसत सीडी रेसियो ८६.३१ प्रतिशत रहेको छ। गत माघ १६ गते औसत सीडी रेसियो ८६.४६ प्रतिशत थियो।

फागुन १ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५३ खर्ब ८२ अर्ब रुपैयाँ रहेको छ। गत माघ १६ गतेसम्म कुल निक्षेप ५३ खर्ब ६१ अर्ब रुपैयाँ थियो। यो हिसाबले यो १५ दिनको अवधिमा निक्षेप पनि २१ अर्ब रुपैयाँले बढेको छ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ११ अर्ब रुपैयाँले बढेको छ। गत माघ १६ गतेसम्म कुल कर्जा लगानी ४८ खर्ब १६ अर्ब रुपैयाँ रहेकोमा फागुन १ गतेसम्म बढेर ४८ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ।