
बैंकिङ खबर/ नेपाल राष्ट्रबैंकले शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको समीक्षाका लागि तयार गरिएको मस्यौदालाई छलफल गरी पास गर्ने उद्देश्यले अहिले बिहान ८ः३० बजे केन्द्रीय बैंकको सञ्चालक समितिको बैठक डाकिएको छ ।
अर्थतन्त्रमा देखिएका बाह्य समस्या समाधानतर्फ उन्मुख भए पनि अन्य सूचकहरुमा उल्लेख्य प्रगति हुन नसकिरहेको र आर्थिक क्रियाकलाप सुस्ताई सबै क्षेत्रको व्यापार व्यवसाय चौपट भइरहेको बेला आउन लागेको मौद्रिक समीक्षालाई चासोको साथ हेरिएको छ ।


