February 9th, 2023

बैंकहरुले ब्याज पूँजीकरण गरेर लाभांश बाँड्न नपाउने(पूर्णपाठसहित)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले तोकेको प्राथमिकताप्राप्त क्षेत्रको कर्जामा बैंकहरुले ब्याजदर पूँजीकरण गर्न बैंकहरुलाई नै छुट दिएको छ । नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले बिहीबार एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै प्राथमिकताप्राप्त क्षेत्र कर्जाको ब्याजदर पूँजीकरण गर्ने बैंकहरुलाई राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।
यसरी पूँजीकरण गरिएको ब्याजलाई बैंकहरुले ब्याज असुल नहुँदासम्म लाभांश भने वितरण गर्न नपाउने राष्ट्रले जनाएको छ । यस्तै राष्ट्र बैंकले परियोजना कर्जाको ग्रेस अवधिको ब्याजलाई पनि पूँजीकृत ब्याजदरलाई ‘ब्याज पूँजीकरण अवाधिक कर्जा’ शीर्षकमा छुट्टै लेखांकन गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तो कर्जाको पनि ब्याजर असुल नहुँदासम्म आम्दानी जनाएर लाभांश वितरण रोक लगाएको छ ।

Circular-no-8-ABC