February 6th, 2023

कर्जाको औसत ब्याजदर नै १२.७९ प्रतिशत

बैंकिङ खबर/पुस महिनासम्ममा बैंकहरुको कर्जाको औसत ब्याजदर नै १२.७९ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस महिनाको मासिक तथ्याँक अनुसार कर्जाको ब्याजदर बढ्दै गएको देखिन्छ। गत आर्थिक वर्षको पुसम्ममा बैंकहरुको कर्जाको औसत ब्याजदर ९.४४ प्रतिशत थियो।

बैंकहरुको लागत बढ्दा उनीहरुको आधार दर बढेको छ जसले गर्दा कर्जाको ब्याजदर बढ्दै गएको हो। २०७८ पुसमा वाणिज्य बैंकहरुको औसत आधारदर ८.४२ प्रतिशत रहेकोमा २०७९ पुसमा १०.९१ प्रतिशत कायम भएको छ । यसरी आधार दर बढ्दै जाँदा उनीहरुको कर्जा महँगिएको हो।

२०७९ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.५१ रहेको छ। गत वर्षको सोहि अवधिमा यस्तो ब्याजदर ६.३७ प्रतिशत थियो। माघदेखि भने बैंकहरुले निक्षेपको ब्याजदर घटाएकोले आगामी त्रैमासदेखि कर्जाको ब्याजदर पनि घट्ने छ।