Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

प्रथम गभर्नर जबराको निधनमा राष्ट्र बैंकमा श्रद्धाञ्जलीसभा(फोटोफिचर)

२०७९ माघ २२ गते

बैंकिङ खबर/राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधनमा बैंक परिसर, बालुवाटारमा श्रद्धाञ्जलीसभा भएको छ । गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा आइतबार श्रद्धाञ्जली सभा भएको हो ।

जबराको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ९५ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो। १४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए ।

राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर मासिक ८ सय तलब खानेगरी गभर्नरको नियुक्ति दिँदा उनको उमेर २९ वर्ष मात्र थियो। जबराले सन् १९६२ देखि १९८६ सम्म उनले संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए।त्यसपछि व्यवसायमा लागेका उनैले हिमालयन बैंकदेखि हिमालयन डिस्टिलरीसम्म स्थापना गरेका थिए।