Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

हेर्नुस्, कसलाई कति पर्यो सूर्योदय लघुवित्तको आईपीओ ?

२०७३ कार्तिक ४ गते

suryodayaसूर्योदय लघुवित्तको आइपीओ बिहीबार बाँडफाँड गरिएको छ । सूर्योदयमा अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था थियो । आवेदक धेरै भएपछि ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिने सबैलाई चिठा प्रणालीबाट सेयर दिइएको छ । आइपीओमा तीन सय ४७.४४ गुणा बढी आवेदन परेको थियो । कुल आवेदकमध्ये एक हजार आठ सय ३२ जनाको आवेदन रद्द भएको बताइएको छ । सेयर पर्ने सबैले कम्तीमा १० कित्ता पाएका छन् । 

सूर्योदयले आइपीओ भदौ १२ देखि १५ गतेसम्म एक सय रुपैयाँ अंकित दरका एक लाख २० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये, ६ हजार कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ भने चार हजार आठ सय कित्ता कर्मचारीलाई छुट्याइएको छ ।