Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दशैँपछि पहिलोपटक बढ्यो सेयर बजार : ७० अर्बमाथिको कारोबार

admin २०७३ कार्तिक ४ गते
सेयर:

stockदशैँ सकिएपछि पहिलोपटक सेयर बजार उकालो लागेको छ । नेप्से परिसूचक ६.५५ अंकले बढेर १७९४.४४ अंकमा पुगेको छ । होटल, फाइनान्स र उत्पादनमूलकबाहेक कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै बीमा समूह १२७.७५ अंकले बढेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत् र अन्य क्रमशः ३.५७, ५.८९, २३.४८ र १.४४ अंकले बढेका छन् । होटल, फाइनान्स र उत्पादनमूलक भने क्रमशः ४२.९६, ४.२५ र ७.०९ अंकले घटेका छन् । 

नविकरण शूल्क नबुझाउँदा कारोबार रोकिएका कम्पनीहरुले शूल्क बुझाउन थालेपछि कारोबार सुचारु भएसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । बुधबार ५६ करोडको कारोबार भएको बजारमा विहीबार ७० करोड बराबरको पुँजी परिचालन भएको छ । दिनभरिमा एक सय २६ वटा कम्पनीको सात लाख ८७ हजार तीन सय ५३ कित्ता सेयर तीन हजार सात सय ८९ पटक खरिदविक्रि हुँदा कुल ७० करोड ३० लाख ८६ हजार आठ सय ४० रुपैयाँ बराबरको कारोबार भएको हो । 

एभरेस्ट बैंक र शिखर इन्स्योरेन्सले विहीबार ६ करोडमाथिको कारोबार गरेका छन् । एफपीओ र बोनस घोषणा गरेको स्टान्डर्ड चार्टर्ड बैंकको पौने ६ करोडको कारोबार भएको छ । साताको सुरुको दिनदेखि नै धेरै कारोबार गर्ने कम्पनीको अग्रस्थान सम्हालेको कुमारी बैंक साताको अन्तिम दिनमा आएर चौथो स्थानमा झरेको छ । बैंकको तीन करोड ३७ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ । बैंक अफ काठमाण्डू लुम्बिनीको पनि तीन करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकको दुई करोडमाथिको कारोबार हुँदा एनएमबी बैंक, सानिमा बैंक, ज्योति विकास बैंक लगायतको डेढ अर्बमाथिको कारोबार भएको छ । 

रिलायब माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ९.९६ प्रतिशतले आफ्नो सम्पत्ति बढाउँदा कामना विकास बैंकका सेयरधनीले ९.९० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । ङादी ग्रुप पावर, शिखर इन्स्योरेन्स, नेशनल हाइड्रोपावर कम्पनी, किसाान माइक्रोफाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक, सगरमाथा फाइनान्स, सानिमा माई हाइड्रोपावर, सप्तकोसी डेभलपमेन्ट बैंक लगायतले पनि कमाएका छन् । 

कुल ४८ वटा कम्पनीका सेयरधनीले अधिकतम ५.४५ प्रतिशतदेखि न्यूनतम ०.१५ प्रतिशतसम्मका दरले आफ्नो सम्पत्ति घटाएका छन् । सबैभन्दा धेरै स्वरोजगार लघुवित्तका सेयरधनीले गुमाएका छन् भने चिलिमे हाइड्रोपावरका सेयरधनीले सबैभन्दा कम गुमाएका छन् । कालिका माइक्रोक्रेडिट, कन्काई विकास बैंक, तिनाउ डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सी, रिलायन्स लोटस फाइनान्स, मिसन डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।