२०७३ कार्तिक ४ गते

तयार रहनुस् : आउँदैछ नेपाल हाइड्रोको दुई लाख ६० हजार कित्ता आईपीओ 

ipoनेपाल हाइड्रो डेभलपर लिमिटेडले २ लाख ६० हजार कित्ता (२ करोड ६० लाख रुपैयाँ) शेयर जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि पहिलो चरणमा उक्त सेयर जारी गर्न लागेको हो । तिहारलगत्तै सेयर जारीने कम्पनीले जनाएको छ । केहि महिनापछि दोस्रो चरणमा सर्वसाधारणका लागि पनि तीन लाख ९० हजार कित्ता शेयर जारी गर्ने कम्पनीले जनाएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । यस कम्पनीलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । 

६.८ मेगावाटको लोवर चर्नावती हाइड्रो इलेक्ट्रिक आयोजनाको निर्माण गर्न लागेको कम्पनीले यसअघि ३.५ मेगावाटको चर्नावती हाइड्रो इलेक्ट्रिक आयोजना निर्माण गरेको थियो ।