Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाली उद्योगमा लगानी गर्न चिनियाँ लगानीकर्ता इच्छुक, सुरक्षामा देखाए चासो

admin २०७३ कार्तिक ४ गते
सेयर:

agreementचीन सरकारका उद्योग वाणिज्यको प्रशासन हेर्ने मन्त्री झाङ माओले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको बताएका छन् । बुधबार उद्योगमन्त्री नवीन्द्रराज जोशी र झाङ माओबीच उद्योग मन्त्रालयमा भएको भेटवार्तामा माओले लगानी गर्न इच्छुक रहेको बताएका हुन् । लगानीका लागि माओले लगानी संरक्षण सुनिश्चिताका विषयमा जिज्ञासा समेत राखेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘नेपालको साना तथा घरेलु उद्योगका क्षेत्रमा चिनियाँ प्रविधिलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा सहयोग गर्नसमेत चीन तयार रहेको छ,’ विज्ञप्तिमा भनिएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।