स्टान्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीलाई ३३.३३ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको तीन बराबर एकको अनुपातमा बोनस सेयर र कर प्रयोजनका लागि १.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको हो ।
बैंकको चुक्ता पूँजी हाल दुई अर्ब ८१ करोड रुपैयाँ मात्रै छ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी तीन अर्ब ७५ करोड पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी आठ अर्ब बनाउन उसले यसै बर्ष्भित्र थप चार अर्ब २५ करोड रुपैयाँ पूँजीमा थप्नुपर्ने हुन्छ ।
आठ अर्ब चुक्ता पूँजी पुर्याउन प्रिमियम मूल्यमा नयाँ साधारण सेयर (एफपीओ)जारी गर्ने निर्णय समेत बैंकको बोर्ड बैठकले गरेको छ । तर कति कित्ता एफपीओ कति प्रिमियममा जारी गर्ने भन्ने जानकारी खुलाइएको छैन ।


