Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न अन्तिम स्वीकृति

२०७९ माघ १६ गते

बैंकिङ खबर/हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न अन्तिम स्वीकृति पाएको छ । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । उक्त निर्णयसँगै हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रिया पूरा भएको छ ।
सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउनेछन् । प्राप्तिपश्चात् बन्ने नयाँ बैंक हिमालयन बैंककै नामबाट सञ्चालनमा आउनेछ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।