Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

रु. २१.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

२०७९ माघ १६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सोमबार(आज) २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले माघ १७ गते मंगलबार जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल सोमबार गर्ने भएको हो ।

राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ६ अर्ब रु पैयाँबराबरको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः फागुन १६ गते, २०८० वैशाख १९ गते, २०८० साउन १६ गते र २०८० माघ १६ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलका आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।