January 29th, 2023

लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइनः डेपुटी गभर्नर ढुंगाना

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले लघुवित्तले छोराको बिहे गर्दा ऋण दिन नहुने बताएकी छिन् । नेपाल लघुवित्त बैंकर्स संघको १६ औं वार्षिक साधारणसभामा उनले लघुवित्तले उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह गर्न पर्ने बताइन् ।

‘लघुवित्तले छोराको बिहे गर्न ऋण दिने होइन, कर्जा प्रवाह गर्दा लघुवित्त आफै सजग हुनुपर्छ’ उनले भनिन् । यस्तै, उनले लघुवित्त सेयरधनीको हितको लागि मात्रै नभएर सेवामुखि हुनुपर्ने बताइन् । ‘लघुवित्त घाटामा गएका छन भन्छन तर उच्च लाभांश कसरी बाडिहेका छन भनेर प्रश्न उठेको छ,’ उनले भनिन् ।

डेपुटी गभर्नर ढुंगानाले लघुवित्तहरुले मर्जरमा जोड दिनुपर्ने धारण राखेकी छिन् । उनले बाध्यात्मक मर्जरभन्दा पनि आफ्नो स्थिति हेरेर लघुवित्तहरु मर्जरमा जानुपर्न धारणा राखिन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]