
बैंकिङ खबर/ पछिल्लो समय क्रिप्टोकरेन्सी र ह्याकिङबाट सबैभन्दा बढी ठगी हुने गरेको पाइएको छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष ०७८/७९ मा २८ करोड ९ लाख ४२ हजार ठगी भएको थियो भने चालू आवको पाँच महिनामै साढे ३२ करोड ठगी भएको छ ।
सबैभन्दा धेरै क्रिप्टोकरेन्सीको नाममा र ह्याकिङबाट ठगी भएको छ । फेसबुक, टिकटक फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो जस्ता सामाजिक सञ्जाल, अनलाइन बैंकिङ्ग, अनलाइन सपिङ्ग, अनलाइन गेमिङ्ग, इमेल, अनलाइन पेमेन्टलगायत माध्यमबाट ठगी भएको नेपाल प्रहरी साइबर ब्युरोले जनाएको छ ।
आर्थिक वर्ष ०७६/७७ देखि ०७९ को मंसिर मसान्तसम्म डिजिटल प्लेटफर्ममार्फत ठगी भएको भनेर १४ सय २९ उजुरी परेका छन् ।
नेपाल प्रहरीको रेकर्डमा सबैभन्दा धेरै गत आर्थिक वर्ष ०७८/७९ मा ७ सय १४ उजुरी परेको छ । सो वर्ष २८ करोड नौ लाख ४२ हजार ठगी भएको र चालू आर्थिक वर्षको ५ महिनामा मात्रै ६ सय ६ उजुरी परेकामा ३२ करोड ३८ लाख ३१ हजार ठगी भएको छ । ०७६/७७ र ०७७/७८ मा क्रमशः ६९ र ४० उजुरी परेकामा ६९ लाख ६५ हजार र दुई करोड ४५ लाख ६९ हजार ठगी भएको छ ।


