काठमाडौँ फाइनान्स र गोर्खा विकास बैंक गाभिएर बनेको गोर्खाज फाइनान्सले एकिकृत कारोबार सुरु गरेको छ महिनासम्म पनि सेयर कारोबार नखुलाएपछि नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण माग गरेको छ । असारमै सेयर अभिलेखिकरण गराए पनि दोस्रो बजारमा कारोबार खुलाउन आलटाल गरेपछि बुधबार बोर्डले तीन दिनभित्रमा स्पष्टीकरण दिन कम्पनीलाई निर्देशन दिएको हो ।
बोर्डले केहि समय अघि एक नीतिगत निर्देशन जारी गर्दै मर्जरमा गएका कम्पनीले एकिकृत कारोबार सुरु गरेको १५ दिन भित्र सेयर किनबेच खुलाइ सक्नुपर्ने व्यवस्था गरेको थियो । बोर्डको उक्त निर्देशनलाई बेवास्ता गरेपछि बोर्डले कम्पनीसँग स्पष्टीकरण माग गरेको हो ।
फाइनान्सले गत २८ चैतबाट एकिकृत कारोबार सुरु गरेको थियो ।



