२०७३ कार्तिक ३ गते

प्रभु को–अपरेटिभले आफ्ना सेयर सदस्यलाई १५ प्रतिशत लाभांश दिने

prabhuप्रभु समुहद्वारा प्रबद्र्धित प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडले आफ्ना शेयर सदस्यहरुलाई १५% प्रतिशत लाभांस वितरण गर्ने भएको छ । सर्भिस लिमिटेडको बुधबार काठमाडौँमा सम्पन्न सातौं वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो ।

सोही अवसर पारेर प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडले शेयर सदस्यहरुको हौसला बृद्धि गर्ने उद्देश्यले एस.एल.सी.मा उत्कृष्ट अंक ल्याउने छात्राहरुलाई पुरस्कृत समेत गरेको छ । छात्रातर्फ शेयर सदस्य दिलिप तुलाचनकी छोरी नोरीका तुलाचन र गंगा चालिसेकी छोरी जिज्ञाशा पौडेल पुरस्कृत भएका छन् ।

साधारण सभा प्रभु समुहका अध्यक्ष देबीप्रकाश भट्टचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सभालाई सम्बोधन गर्दै सभाका सभापतिसमेत रहेका प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडका अध्यक्ष विनोद थकालीले शेयर सदस्यको भरोसा र साखलाई अक्षुण राख्न कुनै पनि कसरत बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । आगामी दिनमा सदस्य केन्द्रीत नयाँनयाँ योजना ल्याउने समेत उनले बताए ।