ओम डेभलपमेन्ट बैंकले माग्यो उपत्यकाभित्रका लागि कर्मचारी
ओम डेभलपमेन्ट बैंकमा जागीर खुलेको छ । बैंकले महाराजगञ्ज, बौद्ध र कलंकी शाखाका लागि ३ जना शाखा व्यवस्थापक माग गरेको हो । यसका लागि विजनेस मेनेजमेन्ट अथवा विजनेस एडमिनिस्ट्रेसनमा स्नातक उतीर्ण गरेको र कम्तीमा ३ वर्ष वित्तीय संस्थामा काम गरेको हुनुपर्नेछ । एमबीए गरेको र क वर्गको बैंकमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने बैंकले जनाएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २८ अक्टोबर अर्थात कात्तिक१२ गतेभित्रमा निवेदन, वायोडाटा, शैक्षिक प्रमाणपत्र, अनुभव झल्काउने प्रमाणपत्र र पासपोर्ट साइजको फोटोसहित काठमाडौँमा रहेको बागदरबार शाखामा सम्पर्क गर्नुपर्नेछ । P.O.BOX:372 पोखरामार्फत पनि आवेदन दिन सक्नुहुनेछ ।