Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा थपिए झन्डै ४१ लाख कित्ता सेयर

२०७३ कार्तिक ३ गते

just-listedनेपाल स्टक एक्सचेन्जमा बुधबार झन्डै ४१ लाख कित्ता सेयर थपिएको छ । २२ लाख ५१ हजार चार सय ५३ कित्ता बोनस सेयर र १८ लाख ४० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएका हुन् । बुधबार नेप्सेमा सूचिकृत हुनेमा रिलायबल डेभलपमेन्ट बैंकको सात लाख १६ हजार आठ सय ९३ कित्ता र सांग्रीला डेभलपमेन्ट बैंकको १५ लाख ३४ हजार पाँच सय ६० कित्ता बोनस सेयर छन् । त्यस्तै, सांग्रीलाको १८ लाख ४० हजार कित्ता हकप्रद सेयर पनि बुधबार नै नेप्सेमा सूचिकृत भएको हो ।