Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

त्रिवेणीको ४१ लाख कित्ता हकप्रद कात्तिक २३ गतेदेखि

२०७३ कार्तिक ३ गते
सेयर:

tribeniत्रिवेणी विकास बैंकको ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर कात्तिक २३ गतेदेखि निष्काशन हुने भएको छ । कात्तिक १ गते हकप्रद निष्काशनका लागि शेयरधनी पुस्तिका बन्द गरेको त्रिवेणीले ४१ लाख ६७ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रदका लागि असोज ३० गतेसम्म कायम सेयरधनीले मंसिर २७ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ । 

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटल रहेको छ । शेयरधनीले एक क्यापिटलको कार्यालय लालदरबार, त्रिवेणी विकास बैंकको मुख्य कार्यालय तथा सबै शाखा कार्यालयहरु, एस डेभलपमेण्ट बैंकको मुख्य कार्यालय तथा सबै शाखा कार्यालयहरु र महालक्ष्मी विकास बैंकको महेन्द्रनगर र धनगढी शाखाबाट हकप्रदको आवेदन दिन सक्नेछन् ।

त्रिबेणीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खुद नाफा ४३ प्रतिशतले बढाएर १९ करोड रुपैंया नघाएको थियो । बैंकले उक्त मुनाफाबाट लगानीकर्तालाई १९ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरिसकेको छ । 

हाल ८२ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकले हकप्रद निष्काशन गरे पछि चुक्ता पूँजी १ अर्ब २४ करोड रुपैंयाको हाराहारीमा पुग्नेछ । बोनस समेत बितरण गरिसक्दा बैंकको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैंयाको हाराहारीमा पुग्नेछ ।