२०७३ कार्तिक ३ गते

आईएमई–ग्लोबल आईएमई आकांक्षा छात्रवृत्तिको आवेदन खुल्यो, यसरी दिनुस् आवेदन

aakanshya-mnemonicआईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा “आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति”का लागि आवेदन आह्वान गरेको छ । छात्रवृत्तिका लागि सार्वजनिक, नीजि तथा सामुदायीक विद्मालयमा कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत विद्यार्थीहरुको आवेदन माग गरिएको हो । एक शैक्षिक सत्र (२०७३) का लागि एक सय जना विधार्थीले कुल १० लाख छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति रकमको व्यवस्थापन आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकबाट मिलाइने छ । 

कसरी दिने आवेदन ?
आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विधार्थीहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।  ईच्छुक विधार्थीले यी संस्थाका वेबसाईट एवम् एजेण्ट आउटलेटमा उपलब्ध फारममा आफ्नो विवरण भरी कम्तिमा दुई बर्ष अघिदेखिका शैक्षिक प्रमाणपत्र र सम्बन्धित विद्यालय प्रधानाध्यापकको सिफारिससहित आवेदन दिनुपर्नेछ । आवेदन दिने मिति कार्तिक ३ देखि कार्तिक ३० गतेसम्म रहेको बताइएको छ । फारम आफुलाई पायक पर्ने आईएमई सेन्टर, एजेन्ट आउटलेट, आईएमईका क्षेत्रीय सम्पर्क कार्यालय एवम् ग्लोबल आईएमई बैंकका सबै शाखा कार्यालय वा एक्सटेन्सन काउण्टरहरुमार्फत् वा ईमेल ठेगाना aakanshya@imeremit.com.np मार्फत पठाउनुपर्नेछ । निर्धारित समयमा रितपूर्वक पठाइएका आवेदन उपर सम्बन्धित संस्थाका उच्च पदाधिकारी एवम् शिक्षाविद् संलग्न समितिले निर्णय गर्ने आईएमईले जनाएको छ ।

आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृति आईएमई लिमिटेड र ग्लोबल आईएमई बैंकको संयुक्त पहलमा शैक्षिक सत्र २०७२ देखि संचालनमा छ । गत शैक्षिक सत्रमा प्राप्त आवेदनले उत्साहित तुल्याएको र यस शैक्षिक सत्रमा पनि उल्लेख्य संख्यामा आवेदन प्राप्त हुने विश्वास आयोजक पक्षले लिएको छ ।