
बैंकिङ खबर/ केहि महिनादेखि अच्काली बढेको बैंकको व्याजदर माघ महिनामा भने घट्ने संकेत देखिएको छ । वाणिज्य बैंकहरुले पुस महिनामा लागू ब्याजदरको १० प्रतिशतले माघ महिनामा घटाउने भएका हुन् ।
नेपाल राष्ट्र बैंकले हरेक महिनाको मसान्तमा अर्को महिनामा लागू हुने ब्याजदर सार्वजनिक गर्नु पर्ने प्रावधान राखेको छ । जसमा बैंकहरुले अघिल्लो महिनामा लागू ब्याजदरको औषतले १० प्रतिशतले थपघट गरेर ब्याजदर तोक्नु पाउँछन् । नियामकीय व्यवस्था
अनुसार बैंकहरुले माघ महिनामा पुस महिनामा लागू निक्षेपको ब्याजदरमा १० प्रतिशतले घटाउने गरी शुक्रबार बस्ने बैंकर्स संघको बैंठकले निर्णय गर्नेछ ।
हाल वाणिज्य बैंकहरुको मुद्दतीमा १२.१३३ प्रतिशत ब्याज दिईरहेका छन् । साधारण बचतको ब्याजदर ७.१३३ प्रतिशत छ । जसको १० प्रतिशत कम अर्थात् माघ महिनामा ११.४१ प्रतिशत ब्याजदर कायम हुने संघका एक सदस्यले बताए । भने साधारण निक्षेपको ब्याजदर ६.४१९ प्रतिशत कायम हुनेछ ।
नेपाल राष्ट्र बैंकले बचत र साधारण निक्षेपको ब्याजदर अन्तर बढीमा ५ प्रतिशत बिन्दु हुनुपर्ने व्यवस्था गरिदिएको छ । माघदेखि मुद्दती तथा बचत निक्षेपको ब्याज दर १.२१ प्रतिशतले घट्ने छ।



