Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ को एकीकृत कारोबार आजदेखि

२०७९ पुष २७ गते

बैंकिङ खबर/ नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले आजदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुरू हुने भएको हो । यी दुई बैंकलाई नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले मर्जरका लागि अन्तिम स्वीकृति दिइसकेका छन् ।

दुवै बैंकको मंसिर १३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकबाट नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने प्रकृयाको क्रममा तयार पारिएको अन्तिम सम्झौता स्वीकृत गरेको थियो ।

दुवै बैंकबीच जेठ २७ गते, शुक्रबार मर्जर सम्झौता भएको थियो । यी बैंक १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर जाने सम्झौता भएको हो । मर्जर पछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड’ हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ ।

हाल मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ। मर्जरपछि बैंकको चुक्तापुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ ।