फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले सर्वसाधारणका लागि ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आइपीओ निष्कासनको अनुमतिको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्न यसअघि नै नबिल इन्भेस्टमेन्ट बैंक लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
सुनसरीमा केन्द्रीय कार्यालय रहेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था राष्ट्रिय स्तरको वित्तिय संस्था हो । यस संस्थाले देशभर ७५ वटा शाखा कार्यालयमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।



