Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

तरलतामा सुधारको संकेतः अन्तर बैंक ब्याजदर ६.८३ प्रतिशत

२०७९ पुष २२ गते

बैंकिङ खबर/ लामो समयदेखि देखिएको तरलता अभाव केहि सुधारको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अन्तर बैंक ब्याजदर ६.८३ प्रतिशतमा झर्दा सीडी रेसियो पनि घटेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पुस २० गते बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप रहेको छ । पौष १९ गते, मंगलबारसम्म बैंकहरूको निक्षेप ५२ खर्ब ९५ अर्ब रूपैयाँ रहेको थियो ।

एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७ अर्बले बढेको हो । यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ७ अर्बले बढेर ४६ खर्ब ७५ अर्ब पुगेको छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी पनि एक अर्बले बढेर ४२ खर्ब २१ अर्ब रूपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा प्रवाह ४७ खर्ब ६७ अर्ब रूपैयाँमा स्थिर छ ।

बैंकहरूको औसत कर्जा– निक्षेप अनुपात (सीडी रेसियो) ८६.६६ प्रतिशतबाट घटेर ८६.५६ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर ७.०७ प्रतिशतबाट ६.८३ प्रतिशतमा झरेको छ ।