Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले बैंकहरुमा रु. २६.५८ करोड लगानी गर्दै

२०७९ पुष १५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २६ करोड ५८ लाख रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले राष्ट्र बैंकको विभिन्न कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो।

जसअनुसार वाणिज्य बैंकहरुमा २१ करोड २६ लाख रुपैयाँ, राष्ट्रियस्तरको विकास बैंकमा ३ करोड ९९ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १ करोड ३३ लाख रुपैयाँ लगानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यसका लागि पुस २० गते राति १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाले ब्याजदर प्रस्ताव पेस गर्नुपर्नेछ। यस्तो लगानी आउँदो माघ १ गतेदेखि २०८० माघ १ गतेसम्म ३६५ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।