Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पुँजीबजारको पछिल्लो अवस्थाबाट निकै चिन्तित छुः अर्थमन्त्री

२०७९ पुष १४ गते

बैंकिङ खबर/ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार सुधारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सेयर लगानीकर्तासँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिसँग अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले भने, ‘म पुँजीबजार पछिल्लो अवस्थाबाट निकै चिन्तित छु, यसमा सुधार गर्नुपर्ने काम मैले गर्नेछु, यसका लागि लगानीकर्ताहरुबाट प्राप्त रायसुझावलाई मनन गर्ने छु ।’

अर्थमन्त्री पौडेलले पुँजीबजारसँग समग्र अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आफू लागिपर्ने पनि बताएका छन्। अर्थमन्त्रीसँगको छलफलमा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, महासचिव दुर्गा तिवारी, सेयर लगानीकर्ता संघका अध्यक्ष तारा फुल्लेल र नेपाल सेयर लगानीकर्ता संघका पदाधिकारीहरु उपस्थित थिए।

लगानीकर्ताहरुले अर्थमन्त्री पौडेलसामु पुँजीबजार सुधारका लागि विभिन्न सुझाव पेस गरेका छन्। उनीहरुले सेयर धितो कर्जामा १२ करोडको सीमा तत्काल हटाउनुपर्ने, भारित औसत दर १०० प्रतिशत झार्नुपर्ने र बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने सुझाव दिएका छन्।

 

 

 

Ad