
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले कुमारी बैंकमा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई गाभ्न अन्तिम स्वीकृति दिएको छ । पुस १७ गतेदेखि एकीकृत कारोबार हुने बैंकले जनाएको छ । यी दुबै बैंक एक आपसमा गाभिएपश्चात् कुमारी बैंकको नामबाट बैंकिङ् कारोबार हुनेछ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा रमेशराज अर्याल हुनेछन् । कुमारी बैंकको सिईओ वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुनेछन्।
मर्जर पश्चात बैंकको केन्द्रिय कार्यालय हाल कुमारी बैंकको रजिष्टार(केन्द्रीय) कार्यालय रहेको स्थान काठमाडौं महानगरपालिका वडा नं २ टंगालमा रजिष्टार कार्यालय रहने बैंकले जनाएको छ ।
एक आपसमा गाभिएसँगै बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ। पुस १७ गते देखि एकीकृत कारोबार गरिने हुँदा डाटा माइग्रेसन प्रयोजनको लागि पुस १५ र १६ गते दुवै बैंकबाट दिने सेवा सुविधा बन्द हुने पनि जनाएको छ ।


