Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंककाे नीतिले देशको अर्थतन्त्रलाई सन्तुलनमा राखेको छः गभर्नर अधिकारी

२०७९ पुष १२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ पछि विश्वको अर्थतन्त्रमा सुधार हुन लाग्दै गर्दा रसिया–युक्रेनको युद्ध र अन्य प्रभावले पुनः थिलथिलो भएको बताएका छन् ।

पोखरामा दसौं नेपाल लिटरेचर फेस्टिभलमा गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा मद्रास्फीति दर बढेर गए पनि आर्थिक वृद्धि गत वर्षभन्दा कम हुने र आउँदो वर्षमा घटेर २.७ प्रतिशतमा सीमित हुने बताए । ‘मुद्रास्फीति बढेर जाने र आर्थिक वृद्धि घटेर जाने हो भने विश्वव्यापी रूपमा आर्थिक मन्दी हुने आँकलन गर्न थालिएको छ,’ उनले भने ।

गत वर्ष मात्रै विदेशी मुद्राको सञ्चिति खर्च २.३४ करोड डलर अर्थात् २ अर्ब ३४ करोड रुपैयाँ रहेको उनले तथ्यांक अघि सारे । ‘खर्च धेरै भएकाले मुलुकलाई गाह्रो हुन्छ भनेर सरकार र राष्ट्र बैंकले विभिन्न किसिमका नीतिहरू ल्याएको थियो । ती नीतिहरू देशको अर्थतन्त्रलाई सन्तुलनमा राख्न आवश्यक थियो । त्यसपछि विस्तारै सुधार हुँदै गयो ।

पछिल्लो महिना ९ अर्ब ६३ करोड रुपैयाँ बराबर विदेशी मुद्राको सञ्चिति छ,’ उनले भने । उक्त रकमले ८.४ महिनाको वस्तु आयात र सेवालाई धान्न सक्ने उनले दाबी गरे ।