December 26th, 2022

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १४% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बैंकिङ खबर/ शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १४% लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ । पुस २५ गते वार्षिक साधारण सभा बोलाएको बैंकले पुस १२ गते बुक क्लोज गर्दैछ । पुस ११ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । बैंकले गत वर्षको नाफाबाट १३.३० % बोनस सेयर र कर तिर्न ०.७०% नगद लाभांश वितरण गर्दैछ ।

सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रा. लि मणिग्राम, रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । सभा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रा. लि मणिग्राम, रुपन्देहीमा बिहान ११ बजेबाट शुरु हुने जनाइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]