Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

२० अर्बको रिपोमा साढे ४१ अर्बको आवेदन

२०७९ पुष ७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बिहीबार निष्कासन गरेको २० अर्ब रुपैयाँ बराबरको रिपोमा ४१ अर्ब ५० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता संकटको अवस्था टार्न २० अर्ब रुपैयाँ पठाउन खोज्दा अधिक माग परेको हो ।

केन्द्रीय बैंकले बिहीबार निष्कासन गरेको रिपोमा अधिक ब्याजदर घटेको छ भने न्यूनतम ब्याजदर बढेर आवेदन परेको छ । तर, औसत ब्याजदर भने यसभन्दा अघिको १४ दिने रिपोको तुलनामा केही घटेकोे छ । बिहीबार रिपो खरिदका लागि धेरै ब्याजदर अफर गर्नेले ८.६० प्रतिशत अफर गरेका छन । यो ब्याजदर यसभन्दा अघि मंसिर २९ गते निष्कासन भएको १४ दिने रिपोमा तुलनामा कम हो । सो दिन बैंकहरुले रिपोका लागि १०.१० प्रतिशत बोल गरेका थिए ।

त्यसैगरी गत मंसिर २९ गते न्यूनतम ७.६४ ब्याजदर अफ गरेका बैंकहरु वित्तीय संस्थाले बिहीबार ८.१५ बोल गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारको १४ दिने रिपोको औसत रेट ८.३३ प्रतिशत कायम भएको छ । यसभन्दा अघि अर्थात मंसिर २९ गतेको सात दिने रिपोको औसत रेट ८.३३ प्रतिशत कायम भएको थियो।