Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले जारी गर्यो सवा पाँच अर्बको ट्रेजरी बिल

२०७३ कार्तिक १ गते

nrbनेपाल राष्ट्र बैंकले सोमबार पाँच अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको छ । राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण उठाउन उक्त ट्रेजरी बिल जारी गरेको हो । राष्ट्र बैंकका अनुसार, सोमबार दिउसो ३ बजे ९१ दिने अवधिको तीन अर्ब रुपैयाँ बराबरको र १८२ दिने अवधिको दुई अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल अनलाइन बिडिङ सिस्टममार्फत विक्रि गरिएको हो । ९१ दिने अवधिको ट्रेजरी बिल आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने अवधिको ट्रेजरी बिल ०७४ साल बैशाख पाँच गते परिपक्व हुनेछ ।