
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले कुमारी बैंक र एनसीसी बैंकबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिएको छ। कुमारी बैंकका सीईओ रामचन्द्र खनालले राष्ट्र बैंकबाट मर्जरको अन्तिम स्वीकृति पाएको बताएका हुन्। कुमारी बैंकले यसअघि नै पुुस १७ गते एकीकृत कारोबार गर्ने जनाएको थियो। सोहीअनुसार अब कुमारी र एनसीसीबीच एकीकृत कारोबार हुने भएको छ।
मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा एनसीसीका रमेशराज अर्याल हुनेछन् भने कुमारीका सीईओ रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन्। मर्जरपछि बैंकको नाम कुमारी बैंक रहनेछ भने चुक्तापुँजी २५ अर्ब ८५ करोड हुनेछ । मर्जरपछि बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड रुपैयाँ र कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ हुनेछ। जगेडा कोषहरुमा भएको रकमलगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ ।


