Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘अब डिजिटल करेन्सीको विकल्प छैन’

२०७९ पुष ४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी बनाउनेतर्फ तयारी गरिरहेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले  भन्नुभयो, ‘अब डिजिटल करेन्सीको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘भारतले राम्रो काम गरिरहेको छ, बंगलादेशले पनि सफलता पाइसकेको छ । अब हामीले पनि यस विषयमा सोच्नुपर्छ ।’

अधिकारीले राष्ट्र बैंकको नीतिकै कारण बिट्क्वाइन तथा क्रिप्टोकरेन्सीमार्फत खेर जाने नेपालीहरूको ठूलो रकम बचेको बताउनुभयो । उहाँले बिट्क्वाइन तथा क्रिप्टोकरेन्सी लगायतको कारोबारमा नेपालले कडा नीति लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एक समय बिट्क्वाइन लगायतका क्रिप्टोकरेन्सीको मूल्य धेरै बढ्यो, धेरैले लगानी गर्ने रुची राखे । नेपालमा पनि कानुनी मान्यता दिनुपर्छ भनेर आवाज उठाए । तर हामीले गैरकानुनी क्षेत्रमा लगानी गर्नु हुँदैन भनेर सर्वसाधारणलाई पटक पटक सजग गरायौं । अहिले यसको मूल्य धेरै घटेको छ, त्यतिखेर लगानी गरेको भए धेरै नेपालीको लगानी डुब्थ्यो ।’