
बैंकिङ खबर/मंसिरमा वाणिज्य बैंकहरुको निक्षेप आधा खर्बभन्दा धेरै बढेको छ । नेपाल बैंकर्स सँघको तथ्यांक अनुसार मंसिर महिनामा बैंकहरुको निक्षेप ५७ अर्ब २२ करोड रुपैयाँ बढेर कुल ४६ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । कात्तिक मसान्तमा कुल ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप थियो।
निर्वाचनमा भएको खर्च बैंकिङ्ग प्रणालीमा फर्किदा बैंकहरुको निक्षेप संकलन बढेको हो। निक्षेप बढेपनि बैंकहरुको कर्जा परिचालन भने सुस्त छ। महंगो ब्याजदरको कारणले बैंकहरुको कर्जा जान सकेको छैन। मंसिरमा २ अर्ब ६ करोड रुपैयाँ मात्र कर्जा लगानी भएको छ। मंसिरसम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ४२ खर्ब २३ अर्ब पुगेको छ।


