२०७३ आश्विन ३० गते

कञ्चन र काष्टमण्डप डेभलपमेन्ट बैंकका सेयरधनीलाई आकर्षक लाभांश

bonusकञ्चन डेभलपमेन्ट बैंकका सेयरधनीले आकर्षक लाभांश पाउने भएका छन् । बैंकले नेप्सेलाई दिएको जानकारीअनुसार, बैंकको १०५ औँ सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारीत गरेपछि सेयरधनीले पाउनेछन् । 

यता काष्टमण्डप डेभलपमेन्ट बैंकका सेयरधनीले पनि २३ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको गत असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले २३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको बताइएको छ । प्रस्तावित लाभांशलाई नोपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारीत गर्नेछ ।