Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुमा एक सातामै थपियोे रु. ११ अर्ब निक्षेप

२०७९ मंसिर २० गते

बैंकिङ खबर/एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघ (एनबीए)ले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो एक साता (मंसिर १० गतेदेखि मंसिर १६ गतेसम्म)को अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको हो। योसँगै मंसिर १६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ।

गत मंसिर ९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ६२ अर्ब रुपैयाँ रहेको थियो । यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर ९ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा मंसिर १६ गतेसम्म बढेर ४२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ।

निक्षेप बढेसँगै मंसिर १६ गते वाणिज्य बैंकहरुको औसत सीडी रेसियो घटेर ८६.७६ प्रतिशतमा झरेको संघले जनाएको छ । गत मंसिर ९ गतेसम्म औसत सीडी रेसियो ८६.८६ प्रतिशत थियो।