Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको निक्षेप बढ्यो, घट्यो कर्जा लगानी

२०७९ मंसिर १९ गते

 

बैंकिङ खबर/ पछिल्लो ३ दिनमा बैंकहरु निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ । गत मंसिर १४ गतेसम्म बैंकहरुको कुल निक्षेप ५१ खर्ब ८७ अर्ब रुपैयाँ रहेकोमा मंसिर १७ गतेसम्म बढेर ५१ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ ।

यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप भने ४ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर १४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ६७ अर्ब रुपैयाँ रहेकोमा मंसिर १७ गतेसम्म बढेर ४५ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ। यो तीन दिनको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले घटेको छ। मंसिर १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी घटेर ४७ खर्ब ६८ अर्ब रुपैयाँमा झरेको छ। गत मंसिर १४ गतेसम्म कुल कर्जा लगानी ४७ खर्ब ६० अर्ब रुपैयाँ रहेको थियो।

मंसिर १७ गतेसम्म वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले घटेर ४२ खर्ब १३ अर्ब रुपैयाँमा झरेको छ। गत मंसिर १४ गतेसम्म कुल कर्जा लगानी ४२ खर्ब १६ अर्ब रुपैयाँ थियो। राष्ट्र बैंकका अनुसार मंसिर १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो घटेर ८६.७२ प्रतिशतमा झरेको छ। मंसिर १४ गतेसम्म सीडी रेसियो ८६.८४ प्रतिशत थियो।