Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्वारा तरलता सुविधा सम्बन्धी कार्यविधि संशोधन(पूर्णपाठ)

२०७९ मंसिर १८ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले ‘दैनिक तरलतासम्बन्धी कार्यविधि २०७६’ को दोस्रो संशोधन गरेको छ । केन्द्रीय बैंकले आइतबार दैनिक तरलता उपभोग गरेर समयमा राफसाफ गर्न नसक्दा लाग्ने हर्जना घटाउँदै उक्त कार्यविधि नै संशोधन गरेको हो ।

यससँगै बैंकले दोब्बर बैंकदरको व्यवस्थालाइ हटाएर बैंकदरमा थप १ प्रतिशत अतिरिक्त व्याज लाग्ने व्यवस्थासमेत गरेको छ । यस्तै बैंकले कार्यविधिमा संशोधन गर्दै सुरक्षणपत्र धरौटी राख्न नसकेमा साविकको सीमाबाट उपयोग भएको ओभरनाइट सुविधा घटाई नयाँ सीमा कायम गरिने व्यवस्था गरेको छ ।

तर, धितो व्यवस्थापन खाताको सीमासम्म सुविधा उपयोग भई नयाँ सीमा कायम नहुने अवस्थामा दैनिक तरलता सुविधा बन्द गरिने कार्यविधिमा उल्लेख छ । यस्तो रकम भुक्तान भएपछि धरौटीमा राखिएको सुरक्षणपत्र फुकुवा भई साविकको सीमा कायम हुनेछ ।

पूर्णपाठ