Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एकीकृत परिपत्र संशोधनः टायल आयातको नगद मार्जिन हट्यो

२०७९ मंसिर १६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ मा संशोधन गरेको छ । केन्द्रीय बैंकले शुक्रबार परिपत्रमा संशोधन गर्दै टायल र मार्बलमा कायम भएको १०० प्रतिशत नगद मार्जिनको व्यवस्था हटाएको हो ।

राष्ट्र बैंकले गत पुसमा ल्याएको परिपत्रमा सत प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो । मार्बल तथा टायल विलाशीताका वस्तु भएको भन्दै राष्ट्र बैंकले सतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको थियो । त्यतिबेला राष्ट्र बैंकले हार्मेनिक कोड ६८ अन्तर्गतका बस्तु आयात गर्दा १०० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो ।

नगद मार्जिन राख्नु नपर्ने व्यवस्थाले मार्बल टायल आयातका लागि बैंक तथा वित्तीय संस्थाले सजिलै एलसी खोल्ने सक्ने भएका छन् । हार्मेनिक कोड ६८ अन्तर्गत पत्थर (स्टोन), प्लाष्टर, सिमेण्ट, अश्मतन्तु (एस्बेस्टोस) अबरख (माइका) लगायतका बस्तु आयात हुन्छन् । यस्तै, चिनियाँ माटोका (सेरामिक) उत्पादनहरु, कांच (ग्लास) र कांचका वस्तुहरु पर्छन् । अब यस्ता बस्तु आयात गर्दा १०० प्रतिशत नगद मार्जिन राख्नु नपर्ने भएको हो ।

यस्तै सार्वजनिक खरिद कानून लागु हुने निकायहरुले सार्वजनिक निकायहरुले सार्वजनिक खरिद कानूनअन्तर्गत बोलपत्र आह्वान गरी खरिद गर्दा त्यस्तो बोलपत्रदाताले सम्बन्धित सार्वजनिक निकायलाई आपुर्ति गर्ने समान आयात गर्दा समेत नगद मार्जिन राख्नु नपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।