Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अब बैंक, वित्तले अनिवार्य विद्युतीय माध्यमबाट कारोबार प्रतिवेदन पेस गर्नुपर्ने(पूर्णपाठसहित)

२०७९ मंसिर १६ गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा विद्युतीय माध्यमबाट कारोबार तथा गतिविधिसम्बन्धी प्रतिवेदन पेस गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

नयाँ व्यवस्थाअनुसार अब क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा विद्युतीय माध्यम (goAML- Production Environment) बाट मात्र सीमा तथा शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी प्रतिवेदन पेस गर्नुपर्नेछ । यसअघि गत २०७६ माघ १ देखि वाणिज्य बैंकहरुको हकमा मात्रै यो व्यवस्था अनिवार्य गरिएको थियो।