Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

चालु पूँजी कर्जा कार्यविधिमा खुला बहस गर्न राष्ट्र बैंक तयार : गभर्नर

२०७९ मंसिर १५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पूँजी कर्जा कार्यविधिको प्रावधानमा भइरहेको विरोधमा राष्ट्र बैंक खुला बहस गर्न तयार रहेको बताउनुभएको छ । आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सबका अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै अधिकारीले भन्नुभयो, ‘आउनुस्, हामी खुला बहस गरौं, हामी सबै नियम भित्र बस्नु प¥यो भन्ने चाहन्छौं ।’

उहाँले गत वर्ष भर तीब्र दबाव झेल्नु परेको नेपालको अर्थतन्त्र अहिले तुलनात्मक रुपमा सहज अवस्थामा सुधार हुँदै गएको बताउनुभयो । पछिल्लो तीन महिनामा शोधनान्तर बचतमा गएको भन्दै उनले उक्त तथ्यांकबाट अर्थतन्त्र नराम्रो अवस्थाबाट उठ्न खोजेको उहाँको भनाइ छ । मुलुककै आन्तरिक कारण मात्र नभएर बाह्य कारणसमेत कारण समेत केही समस्या रहेको उहाँले बताउनुभयो ।

अर्थतन्त्र कहाँ गइरहेको छ भन्नेबारे गहन छलफल गर्न जरुरी रहेको भन्दै अधिकारीले रेमिटेन्समा निर्भर अर्थतन्त्रलाई सुधार ल्याउनुपर्ने बताउनुभयो । आयात रोक्दा राजस्वमा परेको असरबारे उल्लेख गर्दै यो सधैं रोकेर साध्य पनि नहुने उहाँको भनाइ छ ।