November 27th, 2022

एक हप्तामा ४ अर्बले बढ्यो बैंकिङ निक्षेप, कर्जा लगानी कति ?

बैंकिङ खबर/ एक साताको अवधिमा बैंकहरुमा ४ अर्बले निक्षेप बढेको छ । नेपाल बैंकर्स संघका अनुसार मंसिर २ गतेदेखि मंसिर ९ गतेसम्ममा २६ वटा वाणिज्य बैंकहरुले ४ अर्ब रुपैयाँले निक्षेप बढाउँदै कुल ४५ खर्ब ६२ अर्ब रूपैयाँ पुगेको हो ।

यो निक्षेप अघिल्लो हप्ता अर्थात् मंसिर २ गतेसम्ममा बैंकहरुले ४५ खर्ब ५८ अर्ब रूपैयाँ संकलन गरेका थिए । यस्तै समीक्षा अवधिमा बैंकहरुले तीन अर्बले कर्जा लगानी बढाएका छन् ।

मंसिर २ गतेसम्म ४२ खर्ब १९ अर्ब लगानी गरेकामा बैंकहरुले मंसिर ९ गतेसम्म अर्थात् साता दिनमा ३ अर्ब रूपैयाँले कर्जा विस्तार गर्दै ४२ खर्ब २२ अर्ब लगानी गरेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]