२०७३ आश्विन २१ गते

२५ प्रतिशत हकप्रद निष्काशनका लागि काष्टमण्डपले पायो अनुमति

kastamandapकाष्ठमण्डप डिभलपमेन्ट बैंकले २५ प्रतिशत हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कुमारी बैंकले खरिद गर्न लागको काष्ठमाण्डपले ४ बरावर १ को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । बैंकले एक्विजिशन सम्झौता गर्नु अगाडि नै हकप्रदको आवेदन गरेको थियो । 

हाल काष्ठमाण्डपको चुक्ता पूँजी ६७ करोड ९८ लाख रुपैयाँ रहेको छ । काष्ठमाण्डपले किन्न लागेका ५ करोड ९१ लाख रुपैया चुक्ता पुँजी रहेको काँक्रेविहार विकास बैंक, १२ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजी महाकाली विकास बैंक र ३० करोड रुपैयाँ चुक्ता पूँजी भएको पश्मिाञ्चल फाइनान्स लाई पनि कुमारी बैंकले नै एकसाथ किन्ने सम्झौता गरेको छ ।