Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१ लाख ४७ हजार ऋणीले लिए ब्याज अनुदानको सहुलियत कर्जा

२०७९ मंसिर ७ गते

बैंकिङ खबर/ गत असोज महिनासम्म १ लाख ४७ हजार ६ सय ४२ जना ऋणीले ब्याज अनुदानको सहुलियत कर्जा सुविधा लिएका छन् । उल्लेखित तथ्यांक सरकारले सञ्चालन गरेको १० प्रकारका ब्याज अनुदानको सहुलियत दरको कर्जा कार्यक्रम अन्तरगत लिने ऋणीको संख्या हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत असोजसम्ममा सहुलियत कर्जा अन्तर्गत २ खर्ब १० अर्ब ४७ करोड रुपैयाँ लगानीमा रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ६१ ऋणीलाई १ खर्ब ३८ अर्ब २१ करोड रुपैयाँ प्रवाह भएको छ । यस्तै, महिला उद्यमशील कर्जाअन्तर्गत ८४ हजार ७ सय ५० महिला उद्यमीलाई ६८ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय ३१ ऋणीलाई ३ अर्ब ५७ करोड रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ ।ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रम अन्तर्गत गत असोजसम्म सरकारले १९ अर्ब ८१ करोड २३ लाख २५ हजार रुपैयाँ खर्च गरेको छ ।