Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
निर्वाचन बिशेष

देशमा समृद्धि ल्याउनसक्ने विश्वास बोकेकाहरुलाई जिताउन आवश्यकः शेखर गोल्छा

२०७९ मंसिर ४ गते

बैंकिङ खबर/ नेपाल उद्योग वाािण्ज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मतदान गर्नुभएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला माविस्थित मतदान केन्द्रबाट उहाँले मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभयो ।

उहाँले देशमा समृद्धि ल्याउनसक्ने विश्वास बोकेकाहरुलाई जिताउन आवश्यक रहेको बताउनुभयो । अध्यक्ष गोल्छाले मतदानको अधिकार संविधानले दिएको नैतिक र कानूनी जिम्मेवारी भएकाले सबैले आफ्नो अधिकारको प्रयोग गर्न अनुरोध गर्नुभयो । अध्यक्ष गोल्छाले देशलाई परिवर्तन गर्नसक्ने नेतृत्वको चयनका लागि सबै उपस्थित भएर मतदान गर्न आग्रह गर्नुभयो ।