
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखिएको बताउनुभएको छ । बुधबार नेपालकै पहिलो बैंक नेपाल बैंकको ८६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले १४ महिनापछि मुलुकको ब्यालेन्स अफ पेमेन्ट पोजेटिभ देखिएको बताउनुभयो ।
राष्ट्र बैंकले केही पोलिसीमा कडाइ गर्दा अर्थतन्त्रमा सुधार आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘गत सालभर जस्तो हामीले निकै तरलताको अभाव झेल्नु प¥यो । समग्र अर्थतन्त्रलाई नै सुधार गर्नु पर्ने हामीलाई दबाब थियो । यसले गर्दा पनि हामीले कडा पोलिसीहरु ल्याउनुपर्यो । सोही पोलिसीले विस्तारै अर्थतन्त्र सुधारोन्मुख हुँदैछ ।’
बुधबार मात्र राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको वित्तीय तथ्याङ्कले १४ महिनापछि ब्यालेन्स अफ पेमेन्ट पोजेटिभ देखिएको उहाँले बताउनुभयो । सोही अवसरमा गभर्नर अधिकारीले तरलता अभावकै कारण कुनैपनि बैँक अहिले समस्यामा नरहेको समेत बताउनुभयो ।
हेर्नुहोस् भिडियो



